काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायका राजदूत खनान गोडेरले आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुककसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गरे। उनीहरुबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो।