• मंसिर ११ २०८१, मंगलवार

हृदयघातको लक्षण र बच्ने उपाय

माघ २७ २०७७, मंगलवार

काठमाडौं । मुटुको कुनै पनि धमनिहरुमा शतप्रतिशत अबरोध भई मुटुको मांशपेशिकाले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनुलाई हार्ट अट्याक अर्थात हृदयघात भन्ने गरिन्छ । हृदयघात मुटुको देब्रे मुख्य धमनीमा पुर्ण अवरोध भएमा प्राणघातक पनि हुनसक्छ, भने साना धमनिहरुको अवरोध भएमा हृदयघात भएको थाहा नहुन पनि सक्छ ।

हृदयघात हुनुभन्दा अगाडि साधारण लक्षणहरु देखिने गर्छन । अधिकांश मानिसले शुरुवाती चरणमा देखिने लक्षणलाई सामान्य मानेर घरमै बसिरहन्छन् । जसका कारण हृदयघात जस्तो ठुलो रुप लिन्छ ।

लक्षण

छाति दुख्नु वा पोल्नु

पसिना आउनु

वाकवककि लाग्नु वा उल्टि हुनु

छातिमा असजिलो अनुभव गर्नु

हृदयघातबाट बच्ने उपाय

धुम्रपान नगर्ने

अत्याधिक मद्यपान नगर्ने

मधुमेह, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापको राम्रो नियन्त्रण गर्ने

मोटोपना भएमा तौल घटाउने, यसलाई नियन्त्रणमा राख्ने

नियमित शारििरक व्यायम गर्ने

नियमित ताजा फलफुल, प्रशस्त सागसब्जि र माछाको प्रयोग गर्ने

नुन निनी र चिल्लोको सेवन सकेसम्म नगर्ने

डिप्रेसन र मानसिक तनावलाई कम गर्ने