• मंसिर १२ २०८१, बुधबार

गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको आग्रह

माघ २७ २०७७, मंगलवार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लामो गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न मानव अधिकार आयोगलाई आग्रह गर्नुभएको छ ।                                       आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै लामो समयदेखि अनसनमा रहनुकी गोरखाकी गङ्गामाया र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्नुभएको हो ।                      राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी हुन् ।  

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले आयोगलाई पहल लिन आग्रह गरेकी हुन् ।  गत पुस ६ गतेदेखि गङ्गामाया अनसन बसिरहेकी छन् । उनको स्वास्थ अवस्था जटिल बन्दै गएकाले आयोगले तत्काल पहल गरी  जीवन बचाउन  राष्ट्रपतिले आग्रह गरेकी हुन् ।  

राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइसकेको पनि बताइन् ।