• मंसिर १२ २०८१, बुधबार

संवैधानिक परिषद्का सदस्य पार्टीको निर्देशनमा काम गर्न  हुँदैन,तटस्थ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

माघ २५ २०७७, आईतवार

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्का सदस्यहरु पार्टीको निर्देशनमा काम गर्न नहुने जनाएका छन् । 

पर्वतको मोदी गाउँपालिका–६ तिलाहार र वडा नं ७ राजम्दोउराली जोड्ने रतीखोला मोटरेबल पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले परिषद्का सदस्यले कुनै पार्टी वा नेताको निर्देशनमा काम गर्न नहुने जनाउँदै उनले  संविधानअनुसार तटस्थ हुनुपर्ने बताएका छन् । उनले आफूले कहिल्यै त्यस्तो नगर्ने बताएका हुन्  ।

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोप्रति लक्ष्य गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का दुई सदनमध्ये आफू पनि एउटा सदनको अध्यक्षका हिसाबले परिषद्को सदस्य भएकाले आफूले त्यस्तो नगर्ने बताए ।

उनले परिषद्को अध्यक्षका रुपमा प्रधानमन्त्रीले गरेको निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिए ।

उनले भने, “आफ्नो नेता वा पार्टीले के भन्छ होइन । परिषद्को बैठकमा भएका निर्णय मान्नुपर्छ । निर्णयमा चित्त नबुझे पनि अदालतमा जान हुँदैन । कानून बनाउने विषयलाई सभामुखले अड्काउने होइन, सहजीकरण गर्नुपर्छ ।”