कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडैलले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्च्याएपछि मात्र चुनावमा जान सकिने बताएका छन् ।
कांग्रेस रामपुर नगर समिति, रामपुरले बेझाडमा शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘संविधान बचाउनुपर्ने बेला आएको छ । त्यसपछि मात्र चुनावमा जान सकिन्छ ।’
पहिलो संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै उनले संविधान नरहे चुनाव नहुने भएकाले चुनाव संविधानमा टेकेर मात्र हुने बताए । ‘संविधानलाई पहिला बचाउने र असंवैधानिक कदमलाई सच्याएपछि मात्र चुनावमा जान सकिन्छ,’ उनले भने, ‘संविधान नबच्ने हो भने चुनाव लड्नुको औचित्य छैन । त्यसैले असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जाने सन्देश बोकेर हिँडेको छु ।’
यतिबेला चुनाव लड्ने हो भने कांग्रेसलाई फाइदा होला तर विधि र प्रक्रियाअनुसार चुनाव हुनुपर्छ भन्ने कांग्रेसको माग रहेको उनको भनाइ थियो । ‘कांग्रेस चुनावबाट कहिल्यै भागेको छैन र भाग्दैन,’ उनले भने ।