काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग फेरि अर्को अध्यादेशद्वारा तेस्रो संशोधन गरिएको छ । यो संशोधनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७’ जारी गरेकी छन् ।
अध्यादेशद्वारा तेस्रो संशोधन गरिएको कुरा राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले दिएको जानकारीमार्फत् सार्वजनिक गरिएको छ । यो अध्यादेश संशोधन संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार नै गरेकी हुन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न नसकेको भनेर देशमा र देश बाहिर पनि आवाज उठाउँदै आएका छन् ।