• मंसिर १२ २०८१, बुधबार

वाम गठबन्धन बनाउनका लागि खोज्न जाँदा प्रचण्ड कांग्रेस र मधेशवादीको काखमा थिएः ईश्वर पोखरेल

माघ २३ २०७७, शुक्रबार

वाम गठबन्धन निर्माण हुने प्रक्रिया सुरु भएकै बेला एकाएक हराएका प्रचण्डलाई खोज्न जाँदा उनी कांग्रेस र मधेशवादी दलको काँखमा बस्न पुगेको अवस्थामा भेटिएको उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले बताएका छन् । केपी ओली पक्षद्वारा माघ २३ गते दरवारमार्गमा आयोजित शक्ति प्रदर्शन कार्यक्रममा नेता पोखरेलले उक्त कुरा बताएका हुन् ।

हाल केपी ओली सरकारले राजनीतिक स्थायित्वलाई निरन्तरता दिन लागिपरिरहेका बखत केही अराजक तत्वहरुले यसको विरोधमा नेपाल बन्दसम्मका कार्यक्रम आयोजना गरेका र त्यसबाट जनताले निकै दुख र सास्ती पनि भोग्नु परिरहेको कुरामा जोड दिएका छन् ।

पोखरेल थप्छन्– सरकार समृद्ध नेपाल सुखी नेपालीको संकल्पलाई कार्यान्वयन गर्न दिनरात जुटिरहेका बेला उल्टै श्रमजीवी जनताको श्रम आर्जन गर्ने साधनमाथि आगजनी तथा तोडफोड गर्दै आफूहरुले आयोजना गरेको नेपाल बन्दको कार्यक्रम भव्यताका साथ सफल भएको भनिरहेका छन् । यसले जनतामा राम्रो सन्देश नदिएको नेता पोखरेलको आरोप छ ।

पोखरेलका अनुसार ओली पक्ष नै सूर्य चिन्ह लिएर चुनावमा जाने र दुईतिहाईको जनमत लिएर आउने छ । उनका अनुसार यो लडाइँ देशलाई बर्बाद पार्न चाहने आततायीविरुद्ध सोझिएको छ ।