• मंसिर १२ २०८१, बुधबार

आमहड्तालको विवरण : ८६ वटा गाडीमा तोडफोड, १८८ व्यक्ति पक्राउ

माघ २२ २०७७, बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित बन्यो ।
गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो ।
राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन ।
राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिए ।
धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी भए र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।
प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेको उनले जानकारी दिए ।
सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाधरुपमा सवारी तथा उद्योग व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो ।<br>
<br>