• मंसिर १२ २०८१, बुधबार

काठमाडौंमा हुने जनसभामा छुट्टै शक्ति देखाउन गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीको चुनौती

माघ २२ २०७७, बिहीबार

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा विघटित संसद र त्यसले मौलिएको राजनीतिक घटनाक्रमले देशमा अस्थिरताको उछाल ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उक्त उछालका कारण दुई समूहमा विभाजित छ ।

एक समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गर्दै आएका छन् । यी दुई समूह औपचारिक रूपमै विभाजनको डिलमा पुगेका छन् । तथापि विभाजन भने भएका छैनन् ।

प्रधानमन्त्री ओलीको पुष ५ गतेको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल समूह सडकमा उत्रिएको छ भने ओली समूह म्यादि सरकार चलाइरहेको छ । प्रचण्ड–नेपाल समूह देशव्यापी आन्दोलनमा छ । ओली समूहले पनि देशव्यापी रूपमा जनसभा, शक्ति प्रदर्शन, आफ्ना नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आएको छ ।

यसैक्रममा ओली समूहले शुक्रबार (भोलि) नारायणहिटी सङ्ग्राहलय अगाडि बृहत् जनसभा गर्ने भएको छ । उक्त जनसभाका लागि लाखौँ कार्यकर्ता काठमाडौं उतार्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कडा दबाब दिएका छन् ।

तथापि बुधबार भने राष्ट्रिय युवा संघ काठमाडौंले राजधानीमा गरेको मोटरसाइकल ¥यालीमा ओली र थापा समूहको छुट्टाछुट्टै ¥याली निकालिएको थियो । थापा समूहले छुट्टै मोटरसाइकल ¥याली निकालेपछि ओलीले थापालाई यस्तो दबाब दिएका हुन् ।

ओलीको दबाब बढेसँगै थापालाई चुनौती थपिएको छ । थापाले उक्त दबाबलाई चुनौती दिँदै वाइसियल ब्युँताएका छन् । बुधबार राजधानीमा प्रदर्शन गरिएको मोटरसाइकल ¥यालीमा वाइसियलले गौशालाबाट सुरु गरेको ¥याली बालकुमारी पुगेर महेश बस्नेतले नेतृत्व गरेको ¥यालीमा मिसिएको थियो ।

ओली पक्षले शुक्रबार काठमाडौंमा बृहत् जनसभा गर्ने भएको छ । उक्त सभामा देशैभरबाट लाखौँ कार्यकर्ता सहभागी गराउन थापालाई ओलीले निर्देशन दिएका छन् । ओलीको सो निर्देशनबमोजिम उनले आफ्नो सचिवालयको टिम र उनीनिकट नेताहरू व्यापकरूपमा परिचालन गरेको एक नेताले गोल मिडिया खबरलाई बताए ।

उनका अनुसार वागमती प्रदेशका झन्डै १३ जिल्लाबाट हजारौँ कार्यकर्ता काठमाडौं ल्याइँदै छ । त्यसमा लागि हजारौँको संख्यामा सहभागी हुने कार्यकर्तालाई थापाले सम्पूर्ण व्यवस्थापन गर्न आफू निकटका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिइसकेका छन् ।

बागमती प्रदेशबाहेक अन्य जिल्लाबाट आउने नेता तथा कार्यकर्ताका लागि पनि व्यवस्थापन गरिएको थापानिकट स्रोतले बताएको छ । थापाले बुधबार मन्त्रालयमा सुरक्षा निकायलाई बोलाएर आफ्नो पक्षको प्रदर्शनलाई सहजीकरण गर्न निर्देशन दिएका छन् ।

तथापि प्रचण्ड–नेपाल समूहले बिहीबार (आज) आमहड्ताल गरेको छ । हड्तालका कारण जनसभालाई प्रभावित हुन नदिन गृहमन्त्री थापाले प्रहरीलाई निर्देशन दिएका छन् । यसका लागि आजदेखि नै काठमाडौं बाहिरबाट गाडी आउने भनिएको थियो ।

तर, प्रचण्ड–नेपाल समूहको हड्तालका कारण आज कुनै पनि जिल्लाबाट गाडी आउन सकेका छैनन् । यसले पनि थापालाई ओलीको चुनौती थपिएको छ । थापाले ओलीको चुनौतीलाई थप चुनौती दिँदै आफ्ना कार्यकर्ता बाटोमा आउनलाई कुनै अवरोध भए स्कर्टिङ गरेर भएपनि ल्याउन दिर्नेशन दिएको प्रहरी स्रोतको बताएको छ ।

प्रहरीले बुधबार (हिजो)बाट कडा सुरक्षाको व्यवस्था पनि गरेको छ ।