काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगहरूमा असंवैधानिक नियुक्तिको विरोध गर्दै दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहीबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।