• बैशाख १२ २०८२, शुक्रबार

हिरासतभित्रै नेता वाग्लेप्रति श्रद्धाञ्जली !

माघ २२ २०७७, बिहीबार

दाहाल-नेपाल समूहद्वारा आयोजित आम हड़तालको सिलसिलामा एकाबिहानै काठमाडौँमा गिरफ्तार परेका सो समूहका नेता तथा कार्यकर्ताहरुले दिवंगत नेता डाचाराज वाग्लेप्रती कार्यक्रम गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गिरफ्तार भएर महानगरीय प्रहरी शिक्षालय महाराजगंज काठमाडौँमा राखिएका नेता तथा कार्यकर्ताहरुले वाग्लेप्रती श्रद्धाञ्जली व्यक्त गरेका हुन्। राजधानीको बागबजार,कलंकी,रत्नपार्क र बानेस्वर लगायतका स्थानबाट बिहानै गिरफ्तार भएका विभिन्न नेता तथा कार्यकर्ताहरुले प्रहरी हिरासतभित्रै अनौपचारिक कार्यक्रम गरि वाग्लेप्रती श्रद्धाञ्जली व्यक्त गरेको हिरासतभित्रैबाट विद्यार्थीनेता तिलकराज भण्डारीले बताए।

श्रद्धाञ्जली कार्यक्रममा हिरासतमा रहेका स्थाई समिति सदस्य अष्टलक्ष्मी शाक्य,हितमान शाक्य,केन्द्रिय सदस्यहरु कृष्ण के सी,अमृता थापा,बिजय पौडेल साथै युवानेता रमेश मल्ल लगायत सहभागी थिए। थुनिएको अवस्थामै हिरासतभित्र जम्मा भई डाचाराज वाग्लेप्रती श्रद्धाञ्जली, घाईतेहरुप्रति स्वास्थ्य लाभको कामना साथै आन्दोलनप्रति एक्यबद्दता जनाएको गिरफ्तार परेका युवानेता रमेश मल्लले बताए।

बुधबार साँझ नेकपा दाहाल-नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलमा सर्लाही जिल्लामा बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्लेले दुर्घटनामा परि ज्यान गुमाएका थिए । नेता वाग्ले सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाह निवासी थिए भने नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईञ्चार्ज थिए।

 

 

 

 

 

 

 

 

तस्विरहरु रमेश मल्ल