• बैशाख १२ २०८२, शुक्रबार

पछिल्लो २४ घण्टामा १ सय ७१ जनामा कोरोना सङ्क्रमण

माघ २२ २०७७, बिहीबार

काठमाडौं, देशभर थप १ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २ हजार २७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ सय २७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ६७ हजार २९२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।