काठमाडौं । भारतमा कृयाशील नेपालीहरुको संगठन प्रगतिशील नेपाली समाज भारतले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विभिन्न सरकारी निकायहरुमा गरेको नियुक्तिप्रति विरोध जनाएको छ । यसरी गरिएका ती नियुक्तिलाई सो संगठनले असंवैधानिक भनेको छ ।
सो संगठनले संसद भंग गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको विरोध नागरिक समाज तथा विभिन्न पार्टीहरुले गरेको आन्दोलनप्रति एक्यवद्धता जनाएको छ । सो संगठनले संविधान विरोधी यो कदम राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा गरिएको पनि जनाएको छ ।