• बैशाख १२ २०८२, शुक्रबार

भाटभटेनीका सञ्चालक गुरुङ दुई करोड रुपैयाँ धरौटीमा रिहा

माघ २१ २०७७, बुधबार

काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।

व्यवसायी गुरुङमाथि ललिता निवास जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालत उपस्थित भएका थिए ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।