काठमाडौं । संवैधानिक निकायका नवनियुक्त पदाधिकारीको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
आज पद तथा गोपनियताको शपथ लिएका विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।
‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गरेका छन्, ‘सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’
संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।