• बैशाख १६ २०८३, बुधबार

अख्तियारका आयुक्त जोशीले दिए राजीनामा

माघ २१ २०७७, बुधबार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन् ।

उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।