• मंसिर ११ २०८१, मंगलवार

धावक फिल नाइट यसरी बने ब्राण्डेड ‘नाइक जुत्ता’ कम्पनीका मालिक

माघ ९ २०७७, शुक्रबार

सबै मानिसलाई हरक्षण सताइरहने कुरा हो, पैसा । पैसा नहुँदा मानिसको जीवन बरालिने, अपमानित हुने, हीनताबोध हुने र समाज तथा साथीबाट तिरस्कृत हुने बनाउँछ । अरु कुरा भोलि गरौंला भने हुन्छ, तर पैसाको कुरा आजै र अहिल्यै हुनुपर्छ किनकि यो आर्थिक जीवनसँग जोडिएको हुन्छ । साँझबिहान हातमुख जोड्ने बाध्यतासँग जोडिएको हुन्छ । पीरले मानिसलाई जीउन सिकाउँछ भने ऋणले मानिसलाई कमाउन सिकाउँछ । हुनु पर्छ पनि यस्तै । तर यसका लागि मानिसले समाजमा चल्दै आएको भन्दा थोरै भिन्दै र नयाँ किसिमले सोच्नैपर्छ । अंग्रेजीमा एउटा उखान छ- ‘उही कुरा पनि भिन्न तरिकाले गर’ अर्थात् ‘डु द सेम थिङ, बट डिफरेन्ट्ली ।’ यसले उही कुरामा पनि भिन्न चासो, रुची र स्वरुपका साथै क्वालिटी दिन प्रयास गर भनेको हो ।

नाइक जुत्ता कम्पनी कसरी संसारभर ‘ब्राण्डेड कम्पनी’का रुपमा स्थापित हुन गयो ? यसको चाखलाग्दो कथा छ । आज कसैको सबैभन्दा बढि रोजाइमा परेको जुत्ताको नाम बन्न गएको छ, नाइक । अमेरिकामा भएको नाइक जुत्ता कम्पनी, आजका दिनमा, विश्वको सबैभन्दा ठूलो र लोकप्रिय कम्पनी हो । एउटा मानिसको राम्रो जुत्ता बनाउने सपना साकार भएपछि यो कम्पनीले ५० वर्षकै अन्तरालमा विश्व बजार कब्जा गर्न सफल भएको हो । आज यो कम्पनीको मूल्य खर्बौं डलर हुन गएको छ ।

फिल नाइटको सपनाः

कुरा सन् १९६२ तिरको हो । फिल नाइटले स्ट्याण्ड फोर्ड विश्वविद्यालयबाट स्नातक तह पूरा गरे । उनलाई एक सफल उद्यमी हुने हुट्हुटीले छोयो । तर के कुरामा उद्यम चलाउने भनेर उनी निष्कर्षमा पुग्न सकेनन् । तर पनि उनी उद्यम गर्ने सोचबाट भने पछि हटेनन् । अन्ततः उनले गमेर एक उपाय निकाले ।

उद्यम आफ्नो कमाण्डमा ल्याउने सोचः

सोचमग्न रहँदा उनले सबैभन्दा पहिले अरु नै रंगिचंगी सपना पनि देखे । गमेर सफलता र बिफलताको पाटापक्ष कोट्याए । सामान्य लेखाजोखा पश्चात् सफलता हात लाग्ने कमै देखियो । त्यसपछि उनी आफूले के कुरामा अनुभव हासिल गरेको छु भनेर आफूभित्रै गम्न थाले । विद्यालयमा हुँदा उनी लामो दुरीको दौडमा भाग लिन्थे र सफल धावक पनि थिए । दौड्दा जुत्ताले दिने दुःख सास्ती उनको जीवनमा उल्लेनीय अनुभूति थियो । उनी खुट्टा नदुखाउने जुत्ताको खोजीमा थिए । त्यति बेलाको सबैभन्दा राम्रो जर्मन क्यामरालाई जापानी क्यामराले प्रतिस्थापन गरिदिएका थिए । अमेरिकामा अब जापानी क्यामराको प्रचलन आएको थियो । उनको मनमा उठ्थ्यो, के अब ‘एडिडास’ र ‘पुमा’ कम्पनी पनि यसरी नै प्रतिस्थापित भएर पछाडि पर्लान् ? किन कि त्यो बेलामा पुमा र एडिडास कम्पनीले अमेरिकी बजार कब्जा गरेरै वाहवाही कमाइरहेका थिए । उनले त्यति नै बेला जापानमा निर्मित सामान अमेरिकामा मगाएर बिक्रि गर्न जापानी कम्पनीसँग सहकार्यको प्रस्ताव राखे । तर उनमा उद्यम व्यापारको अनुभव शुन्य थियो । तथापि उनी अघि बढिरहे ।

जापान भ्रमणः

त्यसलगत्तै उनी जापान भ्रमणमा निस्किए, एक पर्यटकका रुपमा । उनले त्यहाँ जुत्ताहरु हेरिरहे र बजार डुलिरहे । जापानको एक सुन्दर बजार कोबेमा पुग्नासाथ उनका आँखा एक जुत्ता पसलमा टक्क रोकिए । त्यो उत्पादन ओनित्सुका टाइगर नामक कम्पनीको थियो । ती जुत्ताहरु बनावटमा पनि नयाँ र निकै क्वालिटिका थिए । उनले लामो प्रयत्नपछि ओनित्सुुका टाइगरका मालिकलाई भेट्न सफल भए । उनले ती उद्यमीलाई आफू अमेरिकामा जुत्ता बिक्रेता रहेको विश्वास दिलाएर ओनित्सुका टाइगरको अमेरिकी बिक्रेता बने । उनले ती जुत्ता आफ्नो कारको पछाडितिर राखेर बिक्रि गर्दै हिंडे । उनले अमेरिकामा खेलाडीका लागि कोच बिल बोअरम्यानलाई सम्झे । बिल बोअरम्यान ओरेगन विश्वविद्यालयका खेलाडीका लागि जुत्ता छनौट गर्ने कोच थिए । अति प्रशिद्ध कोच बोअरम्यानले खेलाडीका लागि ओनित्सुका टाइगर जुत्ता छनौट गरे । पछि त फिल र बिल बोअरम्यान दुवैले सहकार्य गर्न थाले । उनीहरुले जापानबाट यो मोडलको जुत्ता निकै मात्रामा मगाए ।

ओनित्सुका टाइगरमा व्यापक सुधारः

सहकार्यकै पहिलो लटमा उनीहरुले पानी जहाजमा जुत्ता ढुवानी गराए । उनीहरुले एक लटमै आठ हजार डलरको जुत्ता बिक्रि गरे । पैसा हुनासाथ उनीहरुले सेल्सम्यान नियुक्त गरेर जुत्ता बेच्न सुरु गरे । सान्ता मोनिकामा ठूलो जुत्ता स्टोर खडा गरे । व्यवसाय सफल हुने बित्तिकै फिलले सानो किताब निकाले । यसको हजारौं कपी बिक्रि भयो । यति बेलासम्म बोअरम्यान र फिलको मनमा कौतुहलता जागिसकेको थियो । उनी जान्न चाहन्थे, यी जुत्ता कसरी बनाइएका छन् भनेर ।

यिनीहरुले केही जुत्ता फुकालेर हेर्न थाले । त्यही बेलादेखि यिनीहरुको खोजी र अनुसन्धान कार्य सुरु भयो । के गरी बनाएका रहेछन् भन्ने थाहा भयो । उनीहरुले यतिसम्म पनि छलफल गर्र्न र सुधारका लागि सोच्न भ्याए कि यो मोडलमा नयाँपन देखिन सक्ने आइडिया उनीहरुलाई फुर्न थाल्यो । यसमा कुसन तथा अन्य हल्का सामग्रीको मिलावटबारे पनि सोचियो । या सोच जापानको कम्पनीलाई अनुरोधसहित पठाइयो । ओनित्सुका टाइगर कम्पनीले सुझाव अनुसार यसका उल्लेख गुणात्मक सुधार ल्यायो ।

ओनित्सुका टाइगर ‘कोर्टेज ब्राण्ड’माः

बिल तथा फिलको डिजाइनमा ओनित्सुका टाइगर जुत्तालाई अमेरिकामा ‘कोर्टेज ब्राण्ड’ का रुपमा भित्र्याइयो । यो अमेरिकी बजारमा निकै बिक्रि हुन थाल्यो । सन् १९६८ मा कोर्टेज जुत्ताको हाइहाइ भयो । यो जुत्ता बजारमा मूल ब्राण्डसहित ‘बेस्ट सेलिङ’ का रुपमा स्थापित भयो ।
जापानमा भने ओनित्सुका टाइगर ब्राण्डले नै जापानी ग्राहकलाई सन्तुष्टि दिइरहेको थियो । त्यतिबेला अर्थात् १९६८ मा मेक्सिकोमा सम्पन्न विश्व ओलम्पिकले कोर्टेज जुत्ताको विश्वव्यापी विज्ञापन नै गरिदियो । सन् १९६९ मा कोर्टेजले ३,००,००० अमेरिकी डलर आर्जन गरिसकेको थियो ।

नाइक कोर्टेजः

कोर्टेज यति लोकप्रिय भयो कि यसको माग धान्न नै सकिएन । तर ओनित्सुकाले मागलाई सम्बोधन गर्न सकेन, ढुवानी निकै ढिलो हुन थाल्यो । अब फिल र बिल दुवैले केवल जापानी जुत्ता बिक्रेता होइन, उत्पादन कर्ता हुने सोच्न थाले । त्यसैले उनीहरु ओनित्सुकासँगको अनुबन्धको समय टुंगिने पर्खाइमा लागे । यसका लागि नयाँ ब्राण्डको छलफलमा उनीहरु जोडिए । यसय बित्दै गयो । सन् १९७२ मा तिनीहरुको सम्झौता वा अनुबन्धको म्याद सकिंदै थियो । यो उनीहरुका लागि उचित समय थियो किनकि जर्मनीको म्युनिकमा ओलम्पिक खेल हुँदै थियो ।
यसका लागि उनीहरुले १९७१ मै नयाँ ब्राण्डका जुत्ता निर्माणको तयारीमा लागे । उनीहरुले ग्रीककी विजयकी देवी नाइकका नाममा नयाँ ब्राण्डका जुत्ता तयारी गर्न थाले । उनीहरुलाई लोगो आवश्यक पर्यो । डिजाइनर कहाँ गएर लोगो अफर गरे । उनी दोहर्याएर भन्ने गर्छन्-‘हामीले दिनरात खटेर सन् १९७२ को म्युनिख ओलम्पिक गेमलाई लक्षित गरी नयाँ ब्राण्डको ‘नाइक जुत्ता’ बजारमा ल्यायौं ।’

लोगो ‘जस्ट डु इट’ वा ‘प्रयास त गर’:

लोगो ३५ डलरमा तयार भयो । फिलले ओलम्पिकका लागि तयारी गर्न थाले । जापानसम्मका सब कन्ट्रयाक्टर खोजेर कामको तयारी थाले । तीब्रतामा काम गर्न सुरु गरे ।

नाइक ब्राण्डः

नाइक ब्राण्ड निकै प्रचलनमा आयो । सन् १९८९ मा अमेरिकी बजारमा यो ‘स्पोर्टस् वेयर’ ठूलो स्केलमा अभियान नै बनेर आयो । ‘जस्ट डु इट’को अभियान निकै लोकप्रिय भयो । आजपर्यन्त विश्वभरका खेलाडी तथा युवाहरुको पहिलो रोजाइमा नाइक ब्राण्ड नै परिरहेको छ ।