• मंसिर ७ २०८३, आईतवार

जर्मनीमा फेरि २४ घण्टे हडतालकाे घोषणा, नयाँ रूपमा जाग्दै युराेप

मंसिर ७ २०८३, आईतवार

काठमाडौं । ज्यालासम्बन्धी विवाद समाधान नभएपछि जर्मनीको सबैभन्दा ठूलो मजदुर संगठन आईजी मेटलले सोमबारका लागि २४ घण्टे चेतावनीमूलक हडताल आह्वान गरेको छ ।

हडतालमा उत्तरी जर्मनीका १९ कम्पनीका करिब २३ हजार कामदार सहभागी हुने संगठनले जनाएको छ ।
हडतालमा अटोमोबाइल निर्माता मर्सिडिज बेन्ज, पानीजहाज निर्माता मेयर वेफ्र्ट र वायु ऊर्जा कम्पनी सिमेन्स गामेसाका कर्मचारीसमेत सहभागी हुनेछन् ।

यसअघि गत शुक्रबार १७ औद्योगिक केन्द्रमा भएको हडतालमा करिब १२ हजार ३०० कामदारले काम छाडेका थिए ।

तलबमा ५ प्रतिशत वृद्धि गर्नुपर्ने माग पूरा गराउन रोजगारदातामाथि दबाब दिने उद्देश्यले हडताल आयोजना गरिएको संगठनले जनाएको छ । तर, रोजगारदाताहरूले आगामी वर्ष एकमुष्ट रकम भुक्तानी गर्ने र सन् २०२८ को जुलाईदेखि तलबमा १.३ प्रतिशत वृद्धि गर्ने प्रस्ताव मात्र अघि सारेका छन् ।