काठमाडौँ । प्रहरीले कीर्तिपुरको पागा क्षेत्रबाट महेश श्रेष्ठलाई पक्राउ गरेको छ। पक्राउ परेका श्रेष्ठको पुर्ख्यौली घर भोजपुर रहेको बताइएको छ।
बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिए पछि उनी पक्राउ परेको प्रहरीको भनाइ छ। उनीबाट ‘इनम’तर्फ ठुलो रकम गएको दाबी गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन् ।