काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच एकता हुने भएको छ । दुई पार्टीबीच हुन लागेको एकताको औपचारिक घोषणा यही मंगलबार (कात्तिक १७) गरिने तयारी छ ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो १ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिने नेताहरूले बताएका छन् ।