• कार्तिक १४ २०८३, शुक्रबार

चीनमा ११० मानव आकार रोबोटले एकैसाथ नृत्य प्रस्तुत गरी राखे विश्व कीर्तिमान

कार्तिक १४ २०८३, शुक्रबार

काठमाडौं । चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य प्रस्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् ।

उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् । पूर्वनिर्धारित प्रविधि तथा स्वचालित प्रणालीको प्रयोगबाट रोबोटहरूले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए ।

एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वर्ल्ड रेकर्डले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ । सिन्ह्वा