• आश्विन २४ २०८३, शनिबार

यातायात व्यवस्था विभागले घटायाे सार्वजनिक यातायातको भाडादर, (सूचीकाे लिंकसहित)

आश्विन २३ २०८३, शुक्रबार

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर २ प्रतिशतले घटाएको छ । काठमाडौंसहित विभिन्न गन्तव्यमा जाने यात्रुवाहक सवारीको भाडा घटाइएको विभागले जनाएको छ ।

विभागको सूचीअनुसार, काठमाडौं–पोखरा सामान्य बसको भाडा ७८३ रुपैयाँ कायम गरिएको छ । डिलक्स बसको भाडा ९४० र सुपर डिलक्समा एक हजार १२८ रुपैयाँ भाडा लाग्नेछ ।

काठमाडौं–बुटवल सामान्य बसको भाडा ९४८, डिलक्सको एक हजार १३८ र सुपर डिलक्सको एक हजार ३६५ रुपैयाँ कायम गरिएको छ ।

vada-1791542406