• भाद्र २१ २०८३, आईतवार

यस वर्षकाे मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार ककस्ले पाए ?

भाद्र २१ २०८३, आईतवार

काठमाडौं । मदन पुरस्कार गुठीले-२०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई दिने निर्णय गरेको छ ।

‎साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।

मदन पुरस्कार २०८२ को का लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो ।

ती उत्कृष्ट कृतिमध्ये ‘नेवार समुदायका परम्परागत मुकुन्डो नाच’लाई मदन पुरस्कार-२०८२ प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ ।