• भाद्र १५ २०८३, सोमबार

भोटेकोसी बाढीमा ८५ अमेरिकी नागरिक अझै बेपत्ता

भाद्र १५ २०८३, सोमबार

काठमाडौँ l  भोटेकोसी नदीमा आएको बाढीमा परी करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

विपद्पछि नेपालमा दुई हजार ५०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको र ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् ।

गत बुधबार बिहान हिलोसहित आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका बस्तीमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको ‘दिस विक’ कार्यक्रममा नौ जना अमेरिकी नागरिकको उद्धार गरिएको जानकारी दिए।

उनका अनुसार विपद्ले प्रभावित क्षेत्रको दुर्गम अवस्थाका कारण भरपर्दो सूचना प्राप्त गर्न कठिन भइरहेको छ। यद्यपि अमेरिकी सरकारको खोजी तथा उद्धारप्रतिको प्रतिबद्धता यथावत् रहेको उनले बताए ।