• श्रावण ९ २०८३, शनिबार

तनहुँको छिर्कनेमा माइक्राे बस दुर्घटना, आठजना घाइते

श्रावण ८ २०८३, शुक्रबार

कास्की । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा शुक्रबार दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी आठजना घाइते भएका छन् ।

गण्डकी प्रदेश०१-००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परेको माइक्रोबसमा चालकसहित १२ जना यात्रु सवार रहेकामा चारजना सकुशल रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।