• श्रावण १० २०८३, आईतवार

राज्यले मातृभाषा संरक्षण गर्न लगानी लगाउनु पर्ने थकाली महिलाहरुको जोड

बैशाख ३१ २०८३, बिहीबार

थकाली महिला संघको आयोजनामा मातृभाषा संरक्षण सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

थकाली भाषाको संरक्षण, युवा पुस्तामा भाषाप्रति जागरण अभिवृद्धि तथा मातृभाषा पुस्तान्तरणका प्रयासलाई सृद्दढ बनाउने मातृभाषा सचेतनामूलक कार्यक्रमको उद्देश्य हो ।

कार्यक्रमका प्रमुख अतिथि आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुगमन अधिकृत तथा आदिबासी जनजाति महासंघका निःवर्तमान महासचिव दिवस राईले आदिबासीहरुको भाषालाई संरक्षण र प्रर्वद्धन गर्नु पर्नेमा जोड दिए । उनले आदिबासी जनताहरुको भाषा, धर्म, संस्कृति तथा परम्पराहरु जिवित राख्न सके मात्र आदिबासीहरुको पहिचान र अस्त्तिव रहेन बताए । उनले भने–आदिबासीहरुका मातृभाषा रहे मात्र हाम्रो पहिचान रहन्छ। उनले कार्यक्रममा बोल्दै नेपाल एउटा विविधता भित्रको एकतामय देश भएको हुँदा यहाँ रहेका आदिबासी जनजातिहरुको पहिचानलाई बचाउन राज्य सरकारको नै महत्वपूर्ण भूमिका र जिम्मेवारी हुने बताए ।उनले भने आदिबासी जनजातिहरुले मातृभाषालाई जेर्गना गर्नकोलागि आदिबासी जनतजातिकै विषयमा खोजअनुसन्धान गर्नु पर्ने साथै लेख रचना, कविता र साहित्यमा समेत कलम चलाउन सके मात्र मातृभाषा बचाउन सकिने धारणा राखे । भाषा बचाउन आदिबासी प्रतिष्ठानले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे । आदिबासी भित्र पर्ने थुप्रै अल्पसंख्यक जातीहरुको भाषा, धर्म, संस्कृतिहरुलाई लोप हुन नदिन युवापुस्तामा हस्तान्तरण गर्दै जानु पर्नेमा जोड दिए । अधिकृत राई भने–थकाली महिला संघले मातृभाषा जेर्गना तथा संरक्षण गर्ने प्रयास स्वरुप सचेतना कार्यक्रम गरेकोमा धन्यवाद दिर्दै यस्ता कार्यक्रममा युवापुस्तालाई जोड्दै र मातृभाषाप्रति सचेतना गराउँदै जानु पर्नेमा जोड दिए।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि खन्ती मुखिया, तेह्र मुखिया–थाक सात सयका मुखिया सुवर्ण गौचनले कार्यक्रममा बोल्दै भाषा बचाउ अभियानमा आफू सक्रिय भएर लागेको बताईन् । उनले भनिन–थकाली भाषा बचाउन मैले आफ्नो गृह जिल्ला मुस्ताङमा रहेर सक्रिय भूमिका खेलेकी छु । मातृभाषा संरक्षणकोलागि समुदाय मात्र जागेर हुँदै सरकारले समेत मातृ भाषा बचाउ अभियानमा लगानी लगाउनु पर्नेमा जोड दिइन् । उनले भने–मातृ भाषा बचाउन युवापिढिले बढी चाँसो दिन सके पक्कै पनि पछि आउने पुस्तासम्म भाषा हस्तान्तण हुनेछ । आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठान जस्ता संस्थाहरुको सहयोग निरन्तर हुनु पर्नेमा समेत उनको जोड थियो ।

थकाली महिला संघकी अध्यक्ष कल्पना भट्टचनले पनि दुई दिने मातृ भाषा सचेतना कार्यक्रमलाई समापन गर्दै भाषा बचाउन अभियानमा सक्रिय भएर लाग्ने बताईन् । विगतका समयमा संस्थाले सक्रिय भएर काम गर्न नसकेपनि आफ्नो कार्यक्रममा संस्थालाई एउटा उचाईमा पुराएर देखाउने प्रतिबद्धता समेत गरिन् । उनले भनिन्–अब प्रत्येक घरका बाबुआमाले मातृ भाषा बचाउन आफ्ना सन्नतीलाई आफ्नै घरबाट भाषा सिकाउनु पर्छ । मातृ भाषा बचाउन थकाली समुदाय मात्र होइन नेपालमा भएका सबै जातजातिहरुले आफ्नो मातृभाषा बताउन एकजुट हुनु पर्ने बताईन् । अध्यक्ष भट्टचनले भाषा बचाउ अभियानमा राज्यले सम्मानजनक रुपमा लगानी लगाउनु पर्ने भन्दै नेपाल सरकार समझ अपिल गरिन् ।

त्यसैगरी कार्यक्रममा सहभागी अतिथिहरु थकाली महिला संघका संस्थापक सदस्य तथा सल्लाहकार यसो कान्ति भट्टचन, थकाली अनुसन्धान केन्द्रका अध्यक्ष योगेन्द्र भट्टचन, थाकाली युवा परिवार, काठमाडौं क्षेत्रका अध्यक्ष मन्जिल शेरचन, थकाली महिला परिवार, काठमाडौं क्षेत्रका उपाध्यक्ष मंमति गौचन, थकाली भाषा विकास तथा संरक्षण अभियन्ता अशोक गौचन, थकाली भाषा विकास तथा संरक्षणका प्रतिनिधि मनोज शेरचनलगायतको सहभागीता रहेको थियो ।

सन्दर्भ संप्रेषण हिमाली आदिबासी समाजका व्यवस्थापक छिङ छिप्पा  ल्होमीले स्पष्ट पार्दै उनले थकाली भाषा नेपालमा बोलिने १२४ भाषामध्ये एक महत्वपूर्ण भाषा भएको हुँदा नेपालको संविधानले राष्ट्रिय भाषाको रुपमा मान्यता दिएको बताए । साथै भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कार–संस्कृति, भूगोल, ज्ञान प्रणाली तथा इतिहासको जीवन्त आधार भएको बताउँदै मातृभाषाको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्नु सम्पूर्ण समुदायको साझा दायित्व भएको बारेमा उल्लेख गरेकी थिइन् । दुई दिनसम्म सञ्चालन भएको मातृ भाषा सेचतनामूलक कार्यक्रममा सहजकर्ता यसो कान्ती भट्टचन र छिङ छिप्पा ल्होमीले गरेका थिए ।

दुई दिने मातृभाषा सचेतना कार्यक्रमको अध्यक्षता थकाली महिला संघका अध्यक्ष कल्पना भटटचनले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष प्रज्ञा शेरचनले गरेकी हुन् । दुई दिने मातृभाषा सचेतना कार्यक्रममा मातृभाषाको वर्तमान अवस्था, संरक्षणका चुनौती, अन्तरपुस्तीय ज्ञान हस्तान्तरण, तथा आदिवासी भाषाको महत्वबारे छलफल गरिएको थियो भने भाषा संरक्षणमा समुदाय, युवा पुस्ता र संस्थागत सहकार्यको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा समेत गरिएको थियो । साथै थकाली महिला संघले यस कार्यक्रममार्फत मातृभाषा संरक्षणको अभियानलाई निरन्तर अघि बढाउने सामुहिक रुपमा प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।Photo –Roman Budha Magar