काठमाडौँ । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ।
अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत नेपाल सरकारले यस विषयलाई सम्बोधन नगरेको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले बिहीबार धर्ना दिएका हुन्।