• बैशाख ३१ २०८३, बिहीबार

रास्वापा सांसद गणेश पराजुलीको अभिव्यक्ति ‘भरौटेहरु’ संसदको रेकर्डबाटबाट हटाउन निर्देशन

बैशाख ३१ २०८३, बिहीबार

काठमाडौँ । सभामुख डीपी अर्यालले रास्वापाका सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

उनले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

सांसद पराजुलीले मंगलबारको बैठकमा धारणा राख्नेक्रममा यी शब्द प्रयोग गरेका थिए । ती शब्द हटाउनु पर्ने माग विपक्षीहरूले गरेका थिए । बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे ।