काठमाडाैं । रुसले अमेरिकालाई एउटा नयाँ प्रस्ताव राखेको छ: यदि अमेरिकाले युक्रेनलाई खुफिया जानकारी दिन बन्द गर्छ भने, रुसले पनि इरानलाई दिँदै आएको सैन्य सूचनाहरू रोक्नेछ।
अमेरिकी अनलाइन न्युज पोलिटिकोका अनुसार, रुसी दूत किरिल दिमित्रिएभले गत हप्ता मायामीमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नरसँगको भेटमा यो प्रस्ताव राखेका हुन्।
यद्यपि, अमेरिकाले पुटिनको यो प्रस्तावलाई अस्वीकार गरिदिएको छ। यो खबरले युरोपेली देशहरूमा भने चिन्ता बढाएको छ । उनीहरू पुटिनले अमेरिका र युरोपबीच फाटो ल्याउन खोजिरहेको ठानेका छन्।
इरानी विदेश मन्त्री अब्बास अरागचीले पनि रुसलाई आफ्नो ‘रणनीतिक साझेदार’ मान्दै युद्धका बेला रुसबाट सहयोग लिइरहेको स्वीकार गरेका छन्। इरानसितकाे युद्दमा अमेरिका-इजरेल गठबन्धन कमजाेर बन्दै गएकाे छ ।