काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा बैठकमा पार्टीले अप्रत्याशित हार व्यहोरेको भन्दै सभापति पदबाट राजीनामा दिएका सभापति गगन थापा उपस्थित छैनन् ।
बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन् । तर, बैठकमा सभापति थापाको कुर्सी खाली राखिएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सभापति थापा बैठकमा नआउने जानकारी दिए ।
सहमहामन्त्री उदयशमशेर राणाका अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरिनेछ भने सभापति थापाले दिएको राजीनामा बारे पनि छलफल हुनेछ ।