• चैत्र ५ २०८२, बिहीबार

सिन्धुली १ मा रास्वपाबाट निर्वाचित सांसद कार्कीविरूद्द एमाले नेताले हाले सर्वाेच्चमा मुद्दा

चैत्र ३ २०८२, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रभातकुमार कटवाल क्षेत्री (केसी)ले मंगलबार रिट दायर गरेका हुन् ।

उनले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार नै हुन नपाउनेमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको भन्दै कार्कीसँगै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।

सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा कटवालले १५ हजार ८७५ मत पाएर दोस्रो भएका थिए ।