मेवा (Papaya) पोषणयुक्त र सजिलै उपलब्ध हुने फल हो। मेवा सजिलै पाइने भएकाले यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ। नियमित रूपमा मेवा खानाले शरीरलाई आवश्यक भिटामिन, खनिज तथा फाइबर प्रदान गर्छ।
बिहान खाली पेटमा मेवा खानाले पेट सफा राख्न पनि सहयोग गर्छ। यसका अन्य फाइदाहरु यस्ता छन् :
पाचन प्रणाली सुधार – मेवामा पाइने पपाइन एन्जाइमले खाना छिटो पचाउन मद्दत गर्छ र कब्जियत कम गर्छ।
प्रतिरक्षा शक्ति बढाउँछ – भिटामिन C, A र एन्टिअक्सिडेन्टले शरीरलाई रोगसँग लड्ने क्षमता बढाउँछ।
छाला स्वस्थ बनाउँछ – मेवा खानाले छाला चम्किलो बनाउने र चाउरीपन कम गर्न सहयोग गर्छ।
आँखाको स्वास्थ्यका लागि राम्रो – भिटामिन A र बीटा–क्यारोटिनले दृष्टि राम्रो राख्न मद्दत गर्छ।
तौल नियन्त्रणमा सहयोगी – क्यालोरी कम र फाइबर बढी भएकाले तौल सन्तुलित राख्न सहयोग गर्छ।
मुटुको स्वास्थ्यका लागि फाइदाजनक – फाइबर र पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।
कब्जियतबाट राहत – नियमित मेवा खाँदा पेट सफा रहन्छ।
शरीरलाई ऊर्जा दिन्छ – मेवामा पाइने प्राकृतिक पोषक तत्वले शरीरलाई ताजगी दिन्छ।
रक्तशुद्धीमा सहयोग – यसमा रहेका एन्टिअक्सिडेन्टले शरीरभित्रका हानिकारक तत्व कम गर्न मद्दत गर्छ।