• फाल्गुन २३ २०८२, शनिबार

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री हुनु नै महानता होइन

फाल्गुन १० २०८२, आईतवार

एकथरी बुद्धिजीवीहरू जेनजी आन्दोलनले सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनाउने महान कार्य गरेको भनेर सामाजिक सञ्जालमा हल्ला पिट्तैछन् । के सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री हुनु नै महानता हो ? होइन, सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनाउनु महानता हो जस्तो मलाई चाहिँ लाग्दैन ।

हामीले नेतालाई प्रधान ठान्ने गरि सोच्ने बानीलाई त्यागी नीतिलाई प्रधान ठान्ने गरि सोच्ने बानी बसाल्नु परेको छ । ‘सही नीतिको खोजीको शिलशिलामा योग्य नेताको जन्म हुन्छ’ भन्ने क. पुष्पलालको महान वाणी छ ।

नीति, सिद्धान्त र नेतृत्वविहीन जेनजी आन्दोलनलाई कब्जामा पारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय षड्यन्त्रबाट बनेको यो अन्तरिम सरकार र यसका प्रधानमन्त्री सुशीला कार्की तीनै षड्यन्त्रकारीहरूबाट घेरिँदै छिन् भन्ने कुरा फ्री तिब्बत आन्दोलनका दलाई लामाले दिएको शुभकामना सन्देश र जेनजी आन्दोलनका नाइकेहरूको त्यस फ्री तिब्बतका नाइकेसँगको संलग्नता र आर्थिक फण्डको श्रोतबाट स्पष्ट भएको छ, अन्तत्वगत्वा आफू असफल हुँदै देशलाई अस्थिरताको दलदलमा फसाउने छिन् र देश युक्रेनिकरणको दिशामा अग्रसर हुनेछ ।

नेपाली जनताको मुक्तिको लागि आफ्नो राजनीतिक जीवनको लामो कालखण्डसम्म यावत किसिमका भड्कावहरूका विरूद्ध सङ्घर्षको अमूल्य अनुभवको शिक्षा पार्टीका साथीहरूलाई दिँदै आउनु भएका कमरेड पुष्पलालले मृत्युशैयाको पीडापूर्ण तथा अन्तिम घडीमा “पार्टीका कार्यकर्ता राजनीतिक रूपले चेतनशील हुनु पर्दछ, भनेर किन दोहोर्‍याउनु भएको हो । प्रश्नको जवाफ अर्को पुरक प्रश्नको जवाफले दिन सक्दछ, के अब पुनः नक्कली क्रान्तिकारी ‘नेताजीहरूले’ गलत बाटोमा कार्यकर्ताहरूलाई हिंडाउने सम्भावना पूर्णरूपले खत्तम भैसकेको छ ? निश्चय नै छैन ।

त्यसैले दुरदर्शी कमरेड पुष्पलालले आफ्नो शिक्षालाई दोहर्‍याउनु भएको छ ‘पार्टी कार्यकर्ता राजनीतिक रूपले चेतशील हुनु पर्दछ ।’ मतलव उनीहरूले मार्क्सवादी लेनिनवादी दृष्टिकोणको निर्माण गर्नु पर्दछ र आफ्नो समाजको बस्तुगत स्थितिको विश्लेषण गर्नसक्ने हुनुपर्दछ । तब मात्र दक्षिणपन्थी होऊन् वा वामपन्थी नक्कली कम्युनिष्टको विशाक्त हावाबाट हामी बच्न सक्नेछौं । मजदुर र किसानको सच्चा हिरावल ठहरिन सक्नेछौं र पार्टीको क्रान्तिकारी प्रतिभालाई उचा बनाउन सक्नेछौं ।
कमरेड पुष्पलालको दोश्रो शिक्षा छ ‘जनता सङ्गठित हुनु पर्दछ ।’ जनता सम्बन्धि उहाँको विचार मार्क्सवादी लेनिनवादी विचार हो । उहाँ भन्नुहुन्छ ‘असङ्गठित जनता असुरक्षित र असहाय हुन् । सङ्गठित जनता अपराजय र अवेद्य छन् ।’

उहाँको धारणा हो कुनै पनि प्रतिक्रियावादी व्यवस्थाको आयु उसको विरूद्ध जनता सङ्गठित रुपले नउठ्दासम्म मात्र रहन्छ । जनतालाई थिचेका दुई पर्वत सामन्तवाद र साम्राज्यवादी शोषणलाई जरैदेखि उखेलेर निर्मूल पार्नको लागि जनतालाई वर्गीय चेतनाले लैस गराई सङ्गठित रूपले सङ्घर्षमा उतार्नु बाहेक अर्को बाटो हुनै सक्दैन ।

सामन्ती प्रभाववाट मुक्त भई वर्गीय चेतना भएका जनतामा अपार शक्ति पैदा हुनेछ । यो काम मजदुर किसानका अग्रिम दस्ता पार्टी कार्यकर्ताको हो ।

इतिहासका निर्माता जनता हुन् । समाज विकासका प्रेरक तथा निर्णायक शक्ति पनि जनता हुन् । जनताको सहभागितामा असम्भव भन्ने कुरा केही छैन, जनताको असहभागितामा सानो काम पनि सफल हुन सक्दैन । नेपाली जनतालाई थिचेका दुई पर्वत सामन्तवाद र साम्राज्यवादलाई धरासायी बनाउन जनता सङ्गठित रूपले उठ्नै पर्दछ । यो कार्य न शासक वर्गको आत्म परिवर्तन गराएर सुधारवादी बाटोवाट हुन सक्दछ, न त कुनै वीर र बहादुरहरूको दुस्साहसवादी आतङ्ककारी कार्यबाट । त्यसैले कमरेड पुष्पलालले शिक्षा दिनु भएको छ ‘नयाँ नेपालको निर्माणको लागि जनता सङ्गठित रूपले उठ्नै पर्दछ ।’
उक्त दुई कुराहरू समाजको क्रान्तिकारी परिवर्तनको लागि मुख्य पूर्वशर्तहरु हुन् । ‘समाजको निर्णायक तथा आमूल परिवर्तनको लागि चाहिने वस्तुगत तथा आत्मगत तत्व हुन् । यस्तो अवस्थामा कमरेड पुष्पलाल दृढतापूर्वक भन्नुहुन्छ क्रान्ति अवश्यमभावी छ यसलाई कसैले रोकेर रोक्न सक्दैन । क. चित्रबहादुर गुरुङ्गको लेख (नयाँ सिर्जनाबाट साभार ।)

कमरेड पुष्पलालका यिनै र यस्तै अमर तथा अमूल्य शिक्षाहरूलाई ग्रहण गर्दै क. पुष्पलालकै जीवनका दक्षिणपन्थी वाम तथा उग्रवामपन्थी भड्काव र कमरेड पुष्पलालको मृत्युको लगत्तै पछि बसेको सङ्कटकालिन सम्मेलनदेखि पार्टीमा पुनः प्रवेश गरेको दक्षिणपन्थी संशोधनवाद, त्यसपछि नेपालको कम्युनिष्ट आन्दोलनमा उग्रवामपन्थी भड्कावहरूको विरूद्ध सङ्घरष गर्दै २०७९ साल जेठमा समपन्न भएको तेह्रौं राष्ट्रिय सम्मेलनले पार्टी स्थापना दिनलाई गम्भीर रूपले किटान गर्दै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (१५ सेप्टेम्बर १९४९) कायम गरि रणनीतिक सिद्धान्त कमरेड पुष्पलालले ऐतिहासिक रूपले सिद्धगरि अगाडी सार्नु भएको सामन्तवाद र साम्राज्यवादलाई जरैदेखि निर्मूल पारी त्यसको ठाउँमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गरि समाजवादहुँदै साम्यवादसम्म पुग्ने र कार्यनीतिक सवाल २०४६ साल र २०६२/६३ को संयुक्त
जन आन्दोलनबाट परिवर्तन भएको वर्गीय चरित्रको विषद वैज्ञानिक व्याख्या गरि सामन्तवाद, सामन्तवाद तथा भारतीय एकाधिकार पूँजीवादसँग सम्झौता परस्त नेपालको पूँजीपति वर्गको तप्का सहितको राजनीतिक अखडा संसदीय व्यवस्थाले आजको अवस्थामा देशमा भैरहेको सामन्ती शोषणको साथै यसको रक्षाको किल्ला बनेकोले यसलाई समाप्त नपारी देशमा जनवादी क्रान्ति सफल गर्न नसकिने हुनाले यसको विरूद्ध आउन सक्ने नयााँ जनवादको पक्षधर मजदुर, किसान, मध्यम वर्ग, धनी किसान र राष्ट्रिय पूँजीपति वर्गलाई समेटी संयुक्त जनआन्दोलन उठाउने, त्यस संयुक्त जनआन्दोलनबाट खारिएका लडाकु कार्यकर्तालाई एकत्रित गरि क्रान्न्तिकारी दस्ता निर्माण गर्ने ।

यिनै क्रान्तिकारी दस्ताको माध्यमबाट दिर्घकालीन किसान क्रान्ति विकास गरि नयाँ जनवादी क्रान्ति सफल पार्ने कार्यनीति नेपाल कम्निष्ट पार्टी (१५ सेप्टेम्बर १९४९) ले तय गरेको छ । यो कार्यक्रम र कार्यनीतिको विपरित गएका सामन्तवाद साम्राज्यवाद तथा भारतीय एकाधिकार पूँजीवाद परस्त तत्वले कम्युनिष्ट लगायत जुनसुकै नाम राखि जनताको आँखामा छारो हाल्दै भ्रम सिर्जना गर्नेहरु सबै नक्कली क्रान्तिकारीहरू हुन् ।

तसर्थ यिनीहरुको नक्कली क्रान्तिकारी मुकुण्डो उतारी जनताबाट एकलो बनाई नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी इतिहासले नेपालको मजदुर वर्गको एकमात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (१५ सेप्टेम्बर १९४९)को काँधमा सुम्पिएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७७औं वर्षको पुनित अवसरमा देश विदेशमा रहनु भएका सबै क्रान्तिकारी तथा प्रगतिशील वर्ग र वर्गइतरलाई क्रान्तिकारी लाल सलाम ।

कमरेड पुष्पलालले २०३५ साल श्रावण ७ गते नक्कली क्रान्तिकारी नेताजीहरूले कार्यकर्ताहरूलाई गलत बाटोमा लैजान सक्ने सम्भावना रहेको आँकलन गरि आफ्नो मृत्युको पीडापूर्ण घडीमा पनि पार्टीका राजनीतिक कार्यकर्ता र देशका आम शोषित पीडित जनतालाई ‘पार्टी कार्यकर्ता राजनीतिक रूपले चेतनशील हुनुपर्दछ, जनता सङ्गठित हुनुपर्दछ, क्रान्ति अवश्यमभावी छ, यसलाई कसैले रोकेर रोकिन्न ।’ भन्ने अन्तिम तथा अमर सन्देश दिंदै उहाँको चिन्तन प्रणाली सदासदाको लागि बन्द भएको थियो । हाम्रो पार्टीले माथिको अमर शिक्षालाई पार्टी र नेपाली जनता बीच लगेर कार्यन्वयन गर्नुपर्ने थियो ।

तर कमरेड पुष्पलालकै सिद्धान्तको खोल ओढेर ‘हरियो घाँसमा छुपेर बसेको विषालु साँप झैं’ बसेका नक्कली क्रान्तिकारीहरूले उहाको मृत्युको भोज खाँदै कसरी क. पुष्पलालको क्रान्तिकारी सिद्धान्तमाथि हमला गरेछन् भन्ने कुरा क. पुष्पलालको मृत्युपछि लगत्तै बसेको सङ्कटकालिन सम्मेलनको निर्णयले उजागर गरेको छ :– निर्णय नम्बर “(ग) नेपालमा राजा र राष्ट्रियता सम्बन्धिको द्वन्द्ध राजा र नेपाली जनताको बिचमा होइन शोषित तथा उत्पीडित नेपाली जनताको आवश्यकता र स्वतन्त्रताको बीच निहित मान्दछ ।’ (बलराम उपाध्याय स्मृति ग्रन्थ)द्वारा उद्घृत ।

आज तिनै नक्कली क्रान्तिकारी तत्वहरू हाम्रो देशको ऐतिहासिक वर्गीय विष्लेषणलाई त्यागी हामीले हाम्रो समस्याको खोजी सीमाना भन्दा पारी र संसार भन्दा पारी होइन, आफ्नै देशको माटोको उत्पादन र उत्पादक शक्तिको बिचको सम्बन्धलाई आधार मानेर गर्नुपर्दछ भन्ने कुरालई बेवास्था गरि परराष्ट्र शक्तिसँगको अन्तरविरोध मात्र प्रमुख अन्तरविरोध हो भन्दै आन्तरिक प्रतिक्रियावादी सामन्ती शक्तिलाई गौण गर्दै उक्त सङ्कटकालिन सम्मेलनको निर्णयको हुबहु कार्यान्वयनमा लागेका छन् । यस्ता नक्कली क्रान्तिकारीहरूको जनस्तरवाट भण्डाफोर नगरिकन नेपालको नयाँ जनवादी क्रान्ति सफल गर्न सकिन्न ।