• फाल्गुन २३ २०८२, शनिबार

ल्होसार पर्व : नयाँ वर्ष र नयाँ ऊर्जा

फाल्गुन ६ २०८२, बुधबार

नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो। यहाँ मनाइने विभिन्न पर्वहरूमध्ये ल्होसार पनि एक विशेष महत्व बोकेको पर्व हो। “ल्हो” अर्थात् वर्ष र “सार” अर्थात् नयाँ भन्ने अर्थ दिन्छ। ग्याल्पो ल्होसार हिमाली तथा शेर्पा समुदायको नयाँ वर्ष हो। “ल्हो” भनेको वर्ष र “सार” भनेको नयाँ भन्ने अर्थ दिन्छ। यसलाई विशेष गरी शेर्पा, तामाङ र तिब्बती बौद्ध धर्मावलम्बीहरूले धूमधामसँग मनाउँछन्।

यो प्रायः फागुन महिनामा (फेब्रुअरी–मार्च) मनाइन्छ। तिब्बती पात्रो अनुसार मिति परिवर्तन हुन्छ, त्यसैले हरेक वर्ष फरक दिन पर्न सक्छ। नेपालमा विभिन्न ल्होसार पर्व मनाइन्छन्। तमु ल्होसार,सोनाम ल्होसार, ग्याल्पो ल्होसार,ह्योल्मो ल्होसार । यी सबै ल्होसार पर्व विभिन्न क्षेत्रको सांस्कृतिक पहिचानसँग जोडिएको छ। नयाँ वर्षको रूपमा आफ्नो घर पुजाआजा, पारिवारिक तथा आफन्त भेटघाट, सांस्कृतिक नृत्य र जमघट यसको विशेषता हो।

ल्होसार केवल नयाँ वर्षको सुरुवात मात्र होइन, यो विभिन्न समुदायहरूको आत्मा, संस्कृति र पहिचानसँग जोडिएको पर्व हो। विभिन्न नाम र समयमा मनाइए पनि यसको मूल भाव एउटै छ—नयाँ वर्ष, नयाँ आशा र नयाँ ऊर्जा।नेपालको सांस्कृतिक विविधतामा ल्होसार पर्वले इन्द्रेणीझैँ रङ थपेको छ। यसलै भन्ने गरिन्छ सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली । ग्याल्पो ल्होसारको सबैमा शुभकामना ।