• फाल्गुन २३ २०८२, शनिबार

नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन

माघ ११ २०८२, आईतवार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।

पार्टीले दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि  राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको नेकपाले जनाएको छ ।