विराटनगर । विराटनगरमा तामाङ समुदायहरुले सोनाम ल्होसार मनाएका छन् ।
तामाङ समुदायहरुको २८६२ औं सोनाम ल्होसारको अवसरमा नेपालका तामाङ घेदुङ संघ विराटनगर महानगर समितिले विराटनगरस्थित एक्वा पार्कमा नयाँ वर्ष (सोनाम ल्होसार) तथा तामाङ साँस्कृतिक महाेत्सव मनाएका छन् ।
सो अवसरमा महेन्द्र चोकबाट र्याली निकालिएको थियो । तामाङ संस्कृति र पर्वको पहिचानका लागि अगाडी बढाउनुपर्नेमा जोड दिइएको थियो ।
सोनाम ल्होसार तामाङ समुदायहरुको सबैभन्दा ठूलो र ऐतिहासिक नयाँ वर्ष पर्व हो । ल्होको अर्थ वर्ष र सारको अर्थ नयाँ हो । यसलाई संयुक्त रुपमा भन्दा ल्होसार भनेको नयाँ वर्ष हो ।
ल्होसार पर्व प्रायः माघ शुक्ल प्रतिपदाको दिन अर्थात् तामाङ पात्रो अनुसार यो नयाँ वर्षको रुपमा मनाइन्छ । १२ वटा जनावरको नामबाट यो नयाँ वर्ष मनाइने चलन रहआिएको छ ।ती १२ वटा जनावरको नाममा घुम्दै आउँछन् र ती जनावरहरुका नाम यसप्रकार छन् । मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बँदेल ।