• फाल्गुन २४ २०८२, आईतवार

गगनकाे गुनासाे, ‘विश्वप्रकाश र मलाई पार्टीमा घेराबन्दी गरियो’

पुष २३ २०८२, बुधबार

काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग गर्ने तालमेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  बुधबार भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले महामन्त्रीहरुलाई हेप्ने र मानमर्दन गरिएको आरोप लगाएका छन् ।

उनले भने-आजको बैठकमा उम्मेदवार छान्ने भनियो । तर रोचक के भयो भने उम्मेदवार मनोनयन मात्र दर्ता गर्न गइसके । यसरी केन्द्रीय समिति, पदाधिकारी र संसदीय बोर्डको मानमर्दन यसअघि कहिल्लै भएको छैन । एमालेसँगको तालमेलमा नेताहरुले आफ्नो खल्तीका कसलाई नेता बनाउने भन्ने तय गरेर सोहि अनुसार क्लस्टर भागबण्डा गरिएको छ ।’

थापाले आफूले बैठकमा फरक मत राखेको जानकारी दिदै सभापति बैठकमा नआएको तर एकदुई जना नेतालाई आफ्नो घरमा राखेर निर्णय गरेको आरोप लगाएका छन् ।

उनले दुई महामन्त्रीलाई पार्टीमा घेराबन्दी गरिएको बताउदै बैठकमा आफूहरु कार्यकर्ताको बीच जाने विषय राखेको बताएको जानकारी गराए ।