• फाल्गुन २४ २०८२, आईतवार

एमाले अर्घाखाँचीबाट जेलमा रहेका टोपबहादुर सहित पाँच जना सिफारिस

पुष २२ २०८२, मंगलवार

बुटवल । एमालेबाट अर्घाखाँचीमा प्रतिनिधि सभाको उम्मेदवारको लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

जिल्ला कमिटीले हाल भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी, पिताम्बर भुसाल, बाेमबहादुर विक, निवर्तमान सांसद विजुला रायमाझी र भोजबहादुर शाह सिफारिस गरेको छ ।

२०७९ मा भएको निर्वाचनमा एमालेबाट टोप बहादुर रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरेर विजयी भएका थिए । उनले नेपाली काँग्रेसकी पुष्पा भुसाललाई पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् ।