बेलायत । लण्डनस्थित नेपाली दूतावासले बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने ठगीमा परेको गुनासो बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै दूतावासले कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो ।
‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ’, विज्ञप्तिमा उल्लेख छ । समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा ४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए ।