• फाल्गुन २४ २०८२, आईतवार

चुनावकाे मुखमा प्रचण्डकाे भारततिर दाैडधुप

पुष २० २०८२, आईतवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । प्रचण्ड आइतबार नेपाल एयरलायन्सको विमानबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड भारत गएको उनको सचिवालयले जानकारी दिएको छ ।

उनी सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।