• फाल्गुन २४ २०८२, आईतवार

नक्कली नेपाली नागरिकतासहित एक युवक पक्राउ

पुष १८ २०८२, शुक्रबार

झापा । नक्कली नेपाली नागरिकतासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी  नगरपालिका- ११ पप्पु ठाकुरलाई एक थान नक्कली नेपाली नागरिकतासहित केही कागजातसहित पक्राउ गरेको हो ।

विर्तामोड -३ स्थित शुभम मिठाई पसलमा खाजा खान आएका ठाकुरले नक्कली नागरिकता कारोबारसंग सम्बन्धित शंकास्पद गतिविधि गरिरहेको भन्ने सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाकका प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।