• फाल्गुन २४ २०८२, आईतवार

प्रधानमन्त्री कार्कीले आज १२३ दलहरूसँग चुनावबारे छलफल गर्दै

मंसिर ३ २०८२, बुधबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बुधबार १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् । बुधवार अपराह्न ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलहरूलाई बोलाइएको छ ।