• फाल्गुन २३ २०८२, शनिबार

बिहान ढिलो उठ्ने बानी एउटा अदृश्य रोग जस्तै

मंसिर १ २०८२, सोमबार

बिहान ढिलो उठ्नु केवल एउटा बानी होइन,यो बिस्तारै–बिस्तारै
जीवनको ताल, स्वास्थ्य, सोच, र स्वभावलाई अदृश्य रूपमा खाइरहेको नराम्रो रोग हो।

बिहान ढिलो उठ्नाले मानिस बिस्तारै थाक्दै जान्छ,मन बिस्तारै दबिँदै जान्छ र सपनाहरू बिस्तारै फिक्का हुँदै जान्छन्।

बिहान ४:३० देखि ५:३० बीच उठ्नु सबैभन्दा राम्रो मानिन्छ।बिहानै उठ्नाले शरीरले पनि, मनले पनि, जीवनले पनि असर पाउन थाल्छ।

बिहान ढिलो उठ्नाले हुने नकारात्मक असरहरू
१. मानसिक अशान्ति र तनाव बढ्छ
ढिलो उठ्ने मान्छेको दिन
धेरै पछाडिबाट सुरु हुन्छ।
साथी, समय, जिम्मेवारी—
सबै अघि जान्छन्।
हामी भने हतार–हतार आफैँलाई पछ्याइरहन्छौँ।
यसले मनमा अनावश्यक तनाव,
हतार, चिढचिढापन,
र आत्मग्लानि पैदा गर्छ।

२. शरीरको प्राकृतिक घडी (Biological Clock) बिग्रन्छ
मानिसको शरीर सूर्योदयसँगै जाग्ने
र सूर्यास्तसँगै शान्त हुने प्रकृतिले बनाएको हो।
ढिलो उठ्नाले
यो घडी भङ्ग हुन्छ
र शरीरलाई कहिल्यै पूर्ण आराम मिल्दैन।
निद्रा त आउँछ,
तर शान्ति आउँदैन।

३. कमजोरी, आलस्य र सुस्तता बढ्छ
ढिलो उठ्ने बानीले
हॉर्मोनहरूको सन्तुलन बिगार्छ,
शरीरमा ऊर्जा कमी ल्याउँछ।
दिनभर सुस्तता रहन्छ,
काममा मन लाग्दैन,
लक्ष्य कमजोर देखिन्छ।

४. नकारात्मक सोचले मन भरिन्छ
ढिलो उठ्ने मान्छेले
दिनको पहिलो क्षण नै
हतार, पछुताप र थकानसँग बिताउँछ।
यसले मनलाई नकारात्मक बनाउँछ,
बिहानको उज्यालो देख्नुअघि नै
भित्र अँध्यारो बसिदिन्छ।

५. अनुशासन कमजोर हुन्छ
सफल मान्छेहरू
अनुशासनमा बस्छन्।
ढिलो उठ्नु अनुशासन तोड्ने
पहिलो सङ्केत हो।
यसपछि खाने, काम गर्ने,
सोच्ने, बोल्ने—
सबै बानीहरू बिग्रन थाल्छन्।

६. पाचन शक्ति कमजोर हुन्छ
ढिलो उठेर
ढिलो खाने, ढिलो सुत्ने
चक्रले पाचनलाई गम्भीर रूपले असर गर्छ।
ढिलो उठ्ने मान्छेलाई
ग्यास, एसिडिटी, वजन बढ्ने,
थकानजस्ता समस्या बढी हुन्छन्।

७. लक्ष्यप्रति निरन्तरता हराउँछ
ढिलो उठ्ने मान्छे लक्ष्य पूरा नगर्ने मान्छे नै बढी हुन्छ।
किनकि दिन नै छोटो हुन्छ, ऊर्जादायी समयमा उनी गहिरो निद्रामा हुन्छन्।
सपना त छ,तर त्यसलाई पछ्याउने
शक्ति र अनुशासन हुँदैन।

८. परिवार, समाज र कामसँग दूरी बढ्छ
ढिलो उठ्नु जिम्मेवारीदेखि टाढा रहने संकेत हो।
काममा ढिलाइ,परिवारसँग समय नपुग्ने र दिनभर चिढचिढापनले नजिकको मान्छे पनि टाढिँदै जान्छ।

९. जीवनमा उत्साह घट्छ
छिटो उठ्दा जस्तो प्रेरणा, ऊर्जा, उत्साह,
ढिलो उठ्दा कहिल्यै भेटिँदैन।

दिन ढिलो सुरु हुने मान्छेलाई संसार नै बोझिलो देखिन थाल्छ।

१०. आध्यात्मिक ऊर्जा कमजोर हुन्छ
ब्रह्ममुहूर्त (४:००–५:३०) मन–आत्मा शान्त हुने,
सोच तेज हुने, ऊर्जा बढ्ने सबैभन्दा पवित्र समय हो।
यो समय गुमाउनु जीवनको सबैभन्दा ठूलो
आध्यात्मिक घाटा हो।