काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी पार्वती थापामगर, ईशा रानामगर र संजिता थापामगरले आफ्ना स्वर्गीय बुवाको १२ औं पून्य तिथिको अवसरमा सडकमा रहेका मानिसहरुलाई खाना खुवाएर स्मरण गर्नु भएको छ ।

स्व. बुवा (भु पू सुबेदार सनक बहादुर थापा मगरको १२ औं पुन्य तिथिको अवसरमा काठमाडौंका विभिन्न स्थानमा रहेका मानिसहरुलाई तीन छोरी मिलेर सडकमा अलपत्र परेका र आर्थिक अभाव भएर भोक्कै बस्न बाध्य मानिसहरुलाई खाना खुवाउनु भएको हो ।
विभिन्न जिल्लाबाट उपचारका लागि काठमाडौं आएका तथा आर्थिक अभावका कारण खानाबाट बञ्चित भएका मानिसहरुलाई खाना खुवाइएको हो । विशेष गरी काठमाडौं स्थित गंगबु बस पार्क, माईतीघर मण्डला र पशुपतिनाथ मन्दिर नजिक रहेका मानिसहरुलाई महांकाल युवा समूह गंगबुसँग सहकार्य समन्वय गरी खाना खुवाइएको हो ।

स्व. (भु पू सुबेदार सनक बहादुर थापा मगर र खेद कुमारी थापामगरका तीन छोरीहरु ठूली छोरी पार्वती थापामगर, साहिली छोरी ईशा रानामगर र कान्छी छोरी संजिता थापामगर हुनुहुन्छ । उहाँहरुले आफ्ना स्व. बुवा सनक बहादुर थापामगरको १२ औं पून्य तिथिको अवसरमा काठमाडौंमा विभिन्न समस्यामा परी खानाबाट बञ्चित भएका मानिसहरुलाई खाना खुवाउनु भएको हो ।