जल तथा मौसम विज्ञान विभागले हिजो (कार्तिक १० गते) जारी सूचना अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ ।
विभागले विशेषगरी दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व\पश्चिम), बागलुङ, सुर्खेत, बाँके र बर्दिया लगायतका जिल्लामा केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
यस्तै गोरखा, मनाङ, म्याग्दी, डोल्पा, पर्वत, कास्की र आसपासका जिल्लामा हल्का देखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
विभागले पहिरो, नदीमा पानीको सतह बढ्ने, सडक तथा यातायातमा अवरोध हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा, यात्रु र स्थानीय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।