• फाल्गुन २५ २०८२, सोमबार

प्रधानमन्त्री कार्कीसितको छलफलमा एघार दलका नेताहरूले राखे धारणा

कार्तिक ४ २०८२, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ११ दलका नेताहरूसँग कार्कीले छलफल गरेकी हुन् । छलफलमा सहभागी दलका नेताहरूले धारणा राखेका छन् ।

धारणा राख्ने नेताहरूमा नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल रहेका छन् ।

आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।

यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी छन् ।

सञ्चारमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनमा जान सबै तयार रहेको र सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्नेमा दलहरुको चासो रहेको बताए ।