• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त

आश्विन २९ २०८२, बुधबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् । प्रधानमन्त्री कार्कीको सचिवालयले रावल प्रेस संयोजक नियुक्त भएको पुष्टि गरेको छ ।

२०६० सालदेखि पत्रकारितामा सक्रिय रावल पछिल्लो समय नेपाल खबरका सम्पादक छन् ।

बाजुरा, साविक मार्तडीमा जन्मिएका रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । उनी कानुनमा स्नातक पनि छन् ।