• फाल्गुन २६ २०८२, मंगलवार

फागुन २१ गते हुने संसदको निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपिल

भाद्र २८ २०८२, शनिबार

काठमाडौँ l राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

शनिबार वक्तव्य जारी गर्दै उनले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भएको उल्लेख गर्दै आगामी निर्वाचनमार्फत जनताले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर पाएको बताएका छन्।

‘बडो जुक्तिपूर्ण ढंगले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफै संयमित रहँदै चुनाव सम्पन्न गराउन सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु,’ वक्तव्यमा भनिएको छ।

राष्ट्रपतिले ६ महिनाभित्र हुने प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रलाई थप सबल बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।