• जेष्ठ १६ २०८२, बिहीबार

कांग्रेस पदाधिकारी बैठक बस्दै,सदस्यता नवीकरणबारे छलफल हुने

जेष्ठ १३ २०८२, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।  सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुने बताइएको छ ।

पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यताबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष हुने सम्भावना कमजोर बनेको छ ।

यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुने बुझिएको छ ।