काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नाति हृदयन्द्रलाई लिएर नारायणहिटी दरबार गएका छन् ।
आमा रत्न शाहलाई भेट्न ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।
हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको संवाद सचिव फणिराज पाठक जानकारी दिए ।
संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले वि.स २०६५ जेठ २९ गते नारायणहिटी छोडेका थिए । तर उनकी आमा रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।